images
images

हिमपातका कारण अवरुद्ध लामोसाँगु–जिरी सडकखण्ड सुचारु

  • २२ माघ २०७८, शनिबार १८:२३

दोलखा । लगातारको हिमपातका कारण अवरुद्ध भएको लामोसाँगु–जिरी सडकखण्ड अन्तर्गत खरिढुंगा क्षेत्रको सडक पुर्ण रुपमा सुचारु भएको छ ।

सडकमा जमेको हिउँ स्काभेटरले पन्छाएपछि आज दिउँसोबाट सडक पुर्ण रुपमा सञ्चालनमा आएकोे हो । आज मध्यान्ह १२ बजेबाट सो सडक आंशिक रुपमा खुलेकोमा हाल पुर्ण रुपमा सुचारु भएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक अञ्जन कोइरालाले जानकारी दिनुभयो । ठुला सवारीका साधन निर्वाध रुपमा आवतजावत गरेपनि साना सवारीका साधनलाई भने आवतजावत गर्न केही कठिन हुने प्रहरीले जनाएको छ । विहिवारदेखि लगातार परेको हिमपातका कारण हिजो दिउँसोदेखि लामोसाँगु–जिरी सडकखण्ड अन्तर्गत पुर्ण रुपमा खरिढुंगा क्षेत्रको सडक अवरुद्ध भएको थियोे । हिजो दिउँसो ३ बजेदेखि अवरुद्ध भएको सो सडक दुई वटा स्काभेटर परिचालन गरी हिउँ पन्छ्याएपछि सुचारु भएको प्रहरीले जनाएको छ ।