images
images

भयावह बन्दै डढेलो, एकै दिन ४४० स्थानमा आगलागी

  • १३ बैशाख २०८१, बिहीबार १७:५१

काठमाडौँ । पछिल्लो समय मुलुकभर डढेलोको घटनामा उच्च वृद्धि भएको छ ।

बैशाख दोस्रो साता नेपालमा डढेलो उच्च विन्दुमा पुगेको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो । डढेलोेले उच्च रुप लिएपछि विज्ञहरुले अहिलेको अवस्थालाई जटिल मानेका छन् । विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन समितिका अनुसार आज मात्रै मुलुकका ४ सय ४० स्थानमा आगलागी तथा डढेलोको घटना भएका छन् । यसअघि हिजो ४ सय ४७ स्थानमा आगलागिको घटना भएको थियो । देशभरका ६० जिल्ला डढेलोबाट बढि प्रभावित भएको प्राधिकरणका उपसचिव तथा वन डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्राधिकरणको तथ्यांक अनुसार आगलागी र डढेलोमा परि यही बैशाख महिनामा मात्रै ७ जनाको मृत्यु भईसकेको छ । डढेलोकै कारण मुलुकका अधिकांश स्थानमा वायुप्रदुषण उच्च भएको छ । तत्काल वर्षा नभए अवस्था अझ जटिल हुने विज्ञहरुको भनाई छ ।

प्राधिकरणको तथ्यांक अनुसार २०८० बैशाखदेखि चैत मसान्तसम्ममा आगलागी र डढेलोमा परि १ सय १५ जनाको मृत्यु भएको छ भने यो बैशाख महिनामा मात्रै ७ जनाको मृत्यु भईसकेको छ । डढेलोकै कारण मुलुकका अधिकांश स्थानमा वायुप्रदुषण उच्च भएको छ । तत्काल वर्षा नभए अवस्था अझ जटिल हुने विज्ञहरुको भनाई छ । यही अवस्था कायम रहे अझै एक महिना डढेलोको उच्च जोखिम रहने वन डढेलो विज्ञ शर्माले बताउनुभयो ।
जल तथा मौसम पुर्वानुमान महाशाखाले पनि कुनै नयाँ मौसमी प्रणाली भित्रिएर तत्काल वर्षा हुने सम्भावना नरहेको जनाएको छ । तत्काल वर्षाको सम्भावना नरहेको र तराई क्षेत्रमा अझै केही दिन तापक्रम अहिलेकै जस्तो वा अझ बढि हुनसक्ने अनुमान गरिएको महाशाखाका मौसमविद रोजन लामिछानेले जानकारी दिनुभयो ।