images
images

बागमती प्रदेशसभाको बैठक आज बस्दै

  • २२ माघ २०७९, आईतवार ०९:२०

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ ।

प्रदेशसभाको दोस्रो कार्यकालको सातौं बैठक आज बस्ने भएको हो । प्रदेशसभा सचिवलय हेटौंडाले आज दिउँसो २ बजेका लागि आवहान गरेको हो । गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिएपछि अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको हो । प्रदेशसभाका बैठक बस्नु अघि आज नै बिहान ११ बजे सर्वदलीय बैठक बस्ने प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिनुभयो । सवर्दलीय बैठकले दिउँसो बस्ने प्रदेशसभा बैठकले कार्यसुची तय गर्ने प्रवक्ता गुप्ताले बताउनुभयो । आज बस्नै प्रदेशसभा बैठकमा संसदीय समितीको विषयले प्रवेश पाउने र समितीका सभापतिको निर्वाचनको कार्यक्रम निर्धारण गर्ने सम्भावित कार्यसुची रहेको छ ।

बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना, एमालेका २७ जना, माओवादीका २१, एकीकृत समाजवादीका ७, राप्रपाका १३, नेमकिपाका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना गरी १ सय १० जना सांसद रहेका छन् ।