images
images

निर्वाचनको पराजयलाई स्वभाविक लिएको छुः शिवाकोटी

  • १९ मंसिर २०७९, सोमबार १४:४३

दोलखा । नेकपा एमालेको तर्फबाट दोलखामा प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका नेता बालकृष्ण शिवाकोटीले निर्वाचनको पराजयलाई स्वभाविक रुपमा लिएको बताउनुभएको छ ।

प्रतिनिधिसभा सदस्यमा पराजित भएसँगै सञ्चारकर्मिहरुसँग कुराकानी गर्दै नेता शिवाकोटीले यस्तो बताउनुभएको हो । उहाँले हारले कति पनि नछोएको भन्दै निर्वाचन लडेपछि हारजीत हुनु स्वभाविक भएको धारणा राख्नुभयो । नेता शिवाकोटीले मदन भण्डारीले जनताले मत दिएर विजयी भएमा कुर्सिमा बस्नु, नभए भुईँमा बसेर काम गर्नु भनेको कुरालाई कम्युनिष्ट पार्टीका सदस्यहरुले बुझेको बताउनुभयो ।

उहाँले दोलखाली आमा बुबा, दाजुभाईसँगको न्यानो माया र सद्भावबाट कतै बिचलित हुन्छु कि भन्नेमा आफु गम्भिर रहेको धारणा राख्नुभयो । आफु पराजित भएको कारणले पार्टीबाट कसैले पनि राजीनामा दिनु नपर्ने र माफी माग्नु नपर्ने नेता शिवाकोटीको भनाई छ ।