images
images

अमेरिकी डलर देखाएर ठगी गर्ने सिन्धुपाल्चोकका चार जना पक्राउ

  • २२ पुष २०७९, शुक्रबार ०६:४३

सिन्धुपाल्चोक । अमेरिकी डलर देखाएर ठगी गरेको आरोपमा सिन्धुपाल्चोकक ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ३ का २१ वर्षिय सोमबहादुर डुम्जन, ३३ वर्षिय दिवस डुम्जन, वडा नम्बर ४ का २८ वर्षिय शेरबहादुर तमाङ र त्रिपुरा सुुन्दरी गाउँपालिका वडा नम्बर ३ का २८ वर्षिय देव डुम्जन रहेका छन् । उनीहरुले अमेरिकी डलर देखाएर ठगी गरेको विशेष सुचनका आधारमा प्रहरीले उनीहरुलाई हेटौंडाबाट पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । पक्राउ परेका ४ जनामाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २ सय ४९ र २ सय ५२ बमोजिम ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुर तथा संगठीत अपराधसम्बन्धी कसुरमा मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।