images
images

अभिनेता पल साहलाई बाल यौन दुरुपयोगको मुद्धामा साढे दुई वर्ष कैद सजाय

  • २१ भाद्र २०७९, मंगलवार २०:०७

अभिनेता पल शाहलाई अढाई वर्ष जेल सजाय हुने भएको छ । नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको हो ।

जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भए पनि न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरलाई टेकेर फैसला गरेका हुन् । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलवार बहसपछि उक्त फैसला गरेका हुन् । यस्तै अदालतले २५ हजार जरिवाना र बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ । एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा थिए । ती गायिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका छन् । नाबालिग गायिकाले अदालतमा बयान फेर्दै शाहविरुद्धको आरोप झुटा भएको उल्लेख गरेकी थिइन् ।

यसैबीच, जिल्ला अदालत नवलपरासीले अढाइ वर्षको जेल सजाय सुनाएपछि अभिनेता पल शाह पुनरावेदनमा जाने भएका छन् । अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै उनको तर्फबाट पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने तयारी भएको हो । अदालतको उक्त फैसलामा आफूहरु सन्तुष्ट नरहेको पल शाहका वकिल कमलामोहन वाग्लेले बताउनुभयो ।