images
images

यस्तो छ चलचित्र ‘प्रेमगीत ३’को नेपाली र हिन्दी भाषाको नयाँ गीत

  • २२ भाद्र २०७९, बुधबार ०९:५१

असोज ७ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’ को नेपाली र हिन्दी संस्करणका थप दुई नयाँ गीत सार्वजनिक भएका छन् ।

हिन्दी संस्करणको ‘तुम प्यार हो’ बोलको रोमान्टिक गीतमा पलक मुछाल र अंकित तिवारीको स्वर छ । कुमारको शब्द रचना र असलम केयीको संगीत छ ।नेपाली संस्करणको ‘हर युग होस्’ बोलको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर, राजेश श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत छ । हिन्दी र नेपाली दुवै गीतको भिडियो एउटै छ । दुवै रोमान्टिक गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ फिचर्ड छन् । मनाङमा छायांकन गरिएको चिसोयामको दृश्यमा हिमाली ल्यान्डस्केप मनोहर देखिन्छ ।

नेपाली भाषाको गीत

हिन्दी भाषाको गीत