images
images

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका दसौदी निर्वाचित

  • २५ माघ २०७९, बुधबार १६:१२

काठमाडौं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौदी निर्वाचित हुनुभएको छ ।

दसौदीले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रविर रायलाई पराजित गर्नुभएको हो । दसौदीले ४ हजार २६ मतभार प्राप्त गर्नुभएको थियो भने कांग्रेसका आचार्यले ३ हजार ७ सय २० र नागरिक उन्मुक्ति पार्टीका रायले १ सय ९२ मतभार प्राप्त गर्नुभएको थियो । दसौदीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहित सत्ता गठबन्धनका दलको समर्थन थियो ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको एक सिटमा आज उपनिर्वाचन भएको हो । राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ ।