images
images

राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय

  • २४ फाल्गुन २०७९, बुधबार १८:२१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ ।

राप्रपाको आज बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको हो । भोली हुने राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रपति निर्वाचमा संघीय सांसद र प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् । राप्रपाका १४ जना संघीय सांसद छन् भने २८ जना प्रदेशसभा सदस्य छन् ।

कार्यसम्पादन समितिको बैठकमा अधिकांश सदस्यले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने धारणा राखेपछि बैठकले यस्तो निर्णय गरेको हो । पार्टीले संवैधानिक राजसंस्थाको मुद्धा उठाएकाले राष्ट्रपति निर्वाचन सहभागी हुन नहुने राप्रपाका नेताहरुको तर्क थियो ।