images
images

निर्वाचन आचार संहिता लागू, सामाजिक सञ्जालमा उम्मेदवार र दलले मात्र प्रचार गर्न पाउने

  • २५ चैत्र २०७८, शुक्रबार १७:४१

काठमाण्डौ । स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको छ ।

निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गरी आचार संहिता आजकै देखि लागू भएको जनाएको हो । आचार संहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र नभई सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने छैन । आयोगले दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने स्पष्ट पारेको छ ।

झोला, टिसर्ट, क्याज जस्ता सामाग्री छाप्न र वितरण गर्न समेत रोक लगाइएको आयोगले जनाएको छ ।