images
images

संघीय संसदको पहिलो बैठक आज बस्दै

  • २५ पुष २०७९, सोमबार ०६:४२

काठमाडौं । संघीय संसदको पहिलो बैठक आज बस्दैछ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्न लागेको हो । संघीय संसद सचिवालयले पहिलो बैठकमा अधिवेशन आवहान, प्रधानमन्त्री नियुक्ती र मन्त्रीपरिषद् गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने सम्भावित कार्यसुची सावर्जनिक गरेको छ । प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्ष ज्येष्ठ सदस्य पशुपति शमशेर जबरा र राष्ट्रियसभाको बैठकको अध्यक्षता गणेश तिमल्सिनाले गर्नेछन् । प्रतिनिधिसभा बैठकले नियमावलीअनुसार सभामुख र उपसभामुखको अनुपस्थितीमा बैठकको अध्यक्षता गर्ने ७ जनाको नाम घोषणा गर्नेछ । प्रतिनिधिसभाको कार्यसुचीअनुसार पहिलो बैठकमा दलीय आधारमा सांसदहरुलाई बोल्न समय दिइनेछ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले विश्वासको मत लिने प्रस्तावको दिन र समय आजको बैठकले तोक्नेछ । प्रधानमन्त्री प्रचण्डले भोली विश्वासको मत लिने प्रस्ताव पेश गर्न संसद सचिवालयलाई पत्राचार गरिसकेको छ । मंसिर ४ गतेको चुनावी नतिजाले प्रतिनिधिसभामा १२ दलको प्रतिनिधित्व भएको छ ।