दोेलखा । नेकपा माओवादी केन्द्रले दोलखाको गौरीशंकर गाउँपालिकामा वृहत जनसभा भव्य रुपमा सम्पन्न गरेको छ ।
गौरीशंकर गाउँपालिका वडा नम्बर ४ झ्याकुस्थित हाटघरमा वडा नम्बर १, २, ३ र ४ को वृहत जनसभा आज भव्य रुपमा सम्पन्न भएको हो । कार्यक्रम सुरु हुन अघि बाजासहित वृहत ¥याली निकालिइएको थियो । जनसभाको अवसरमा ४ वटा वडाका ८३ जना एमालेका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जसअनुसार वडा नम्बर १ बाट सबैभन्दा धेरै ४२ जना, वडा नम्बर ४ बाट २९ जना, वडा नम्बर ३ बाट ११ जना र वडा नम्बर २ बाट १ जना एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
जनसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गंगा कार्की विश्वले माओवादीमा प्रवेश गर्नेको आकर्षण बढ्दै गएको बताउँदै पछिल्लो समय विग्रिएका एमालेतर्फ लागेका र राम्राहरु आफ्नो पार्टी आएको दावी गर्नुभयो । उहाँले गठबन्धन सरकार जिताउन एकजुट भएर निर्वाचनमा लागि पर्न पनि सबैलाई आह्वान गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्र गौरीशंकर गाउँपालिका वडा नम्बर १ का ईञ्चार्ज प्रकाश खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गंगा कार्की विश्व, माओवादी केन्द्रको केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला ईञ्चार्ज देवि खड्का, माओवादी केन्द्रका नेताहरु शंकर लामा, नरबहादुर पाख्रिन, नेकपा माओवादी केन्द्रका युवा नेता एवम् बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का, माओवादी केन्द्रका नेता छिरिङ शेर्पा, नेपाली कांग्रेस गौरीशंकर गाउँपालिका सभापति श्याम सुन्दर तामाङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।