images
images

हेर्नुभयो त चलचित्र नालापानी’को ओएसटी ?

  • २४ भाद्र २०७९, शुक्रबार १०:३४

तिहारको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘नालापानी’को ओएसटी भिडियो रिलिज गरिएको छ ।

ओएसटी अडियोमा सुजिल कर्माचार्यको शब्द, स्वर तथा संगीत रहेको छ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो फिल्म निर्माण भएको हो ।चलचित्र विकास बोर्डले दुई वर्ष अगाडि विशेष चलचित्र घोषित गरेको ‘नालापानी’का निर्देशक रिमेश अधिकारी हुन् । बलभद्र कुँवर र उनका ६०० सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा जीवन्त देखाइएको निर्देशक अधिकारीले बताए । फिल्ममा नेपाली वीरताका गाथा तथा नेपाली सेनाको इतिहास समेटिएकोले विद्यार्थी तथा देशका उच्च ओहदामा बसेकाहरूले पनि ‘नालापानी’ हेर्नुपर्ने निर्माण पक्षको भनाइ छ ।