images
images

डोटीमा भूकम्पः ६ जनाको मृत्यु, मृतक सवैको सनाखत

  • २३ कार्तिक २०७९, बुधबार ०६:२७

काठमाडौं । डोटीमा शक्तिशाली भुकम्पका कारण घर भत्किदाँ ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

गएराती २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र विन्दु भएर ६ दशमलव ६ रेक्टरस्केलको भुकम्प जाँदा ६ जनाको मृत्यु भएको हो । पुर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँका ठक्बर बोहराको घर भत्किँदा ५० वर्षिय प्रेम बोहरा, १३ वर्षिया सीता बोहरा, ४० वर्षिया भगवती बोहरा, ८ वर्षिय हर्क बोहरा, १४ वर्षिया धनसरी बोहरा र तुल्सी बोहरा को मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार एक महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको हो । हिजो बेलुकीदेखि डोटीमा तीन पटक भुकम्पको धक्का महसुस भएको थियो ।