images
images

आम निर्वाचनमा दोलखा र रामेछापका ७८ कैदीबन्दीले मतदान गर्ने

  • २४ कार्तिक २०७९, बिहीबार १५:२९

जिरी (दोलखा) । दोलखामा आगामी निर्वाचनमा २१ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् ।

जिल्लामा आम निर्वाचनमा विभिन्न समयमा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा र आरोप पुष्टि भएर जेल जीवन बिताउँदै आएका २१ कैदी बन्दिले मतदान गर्न पाउने भएका हुन् । निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलन गरेर अस्थायी मतदान केन्द्र खडा गरी कैदीबन्दीको पनि मताधिकारको प्रयोग गर्ने व्यवस्था गरेको हो ।

दोलखा कारागारमा रहेका कैदीमध्ये मतदाता नामावलीमा नाम भएका २१ जनाले कारागार परिसरबाटै मतदान गर्न पाउने मुख्य निर्वाचन कार्यालय दोलखाका सहायक निर्वाचन अधिकृत शिव पोखरेलले जानकारी दिनुभयो । फोटोसहितको मतदाता नामावलीमा नाम भएकाहरूले आफू रहेकै ठाउँबाट मतदान गर्न पाउने व्यवस्था भए अनुसार कैदीबन्दीहरुले मतदान गर्न पाउने भएका हुन् । दोलखामा आगामी मंसिर ४ गते एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

यसैबीच, रामेछापमा आगामी निर्वाचनमा ५७ जना कैदीबन्दीले मतदान गर्ने भएका छन् । रामेछाप कारागारमा रहेका दुई जना महिला सहित ५७ जना कैदी बन्दीले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहले जानकारी दिनुभयो ।