images
images

दोलखा महोत्सवको ३५ हजारले गरे अवलोकन, चार करोड बराबरको आर्थिक कारोवार

  • २८ फाल्गुन २०७९, आईतवार १९:३३

दोलखा । दोलखा महोत्सवमा चार करोड बराबरको आर्थिक कारोवार भएको छ ।

सदरमुकाम चरिकोटस्थित टुंडिखेलमा फागनु १९ गतेदेखि २८ गतेसम्म चलेको महोत्सवमा करिव चार करोड बराबरको कारोवार भएको दोलखा चेम्वर अफ कमर्शले जनाएको छ । १० दिनसम्म चलेको महोत्सवको ३५ हजार भन्दा बढीले अवलोकन गरेका छन् । महोत्सवमा बाह्य पर्यटक भन्दा आन्तरिक पर्यटक नै बढी थिए । महोत्सवको समापन समारोहमा सहभागी हुन बागमती प्रदेशका सभामुख भुवन पाठक दोलखा आउनुभएको थियो । महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै प्रदेशका सभामुख पाठकले धार्मिक एवम् पर्यटकीय जिल्ला दोलखाले राष्ट्रिय महत्व पाउन नसक्नु दुखद भएको बताउनुभएको छ । उहाँले कोभिडपछि नेपालको अर्थतन्त्रका सबै संकेतहरु नकारात्मक अवस्था पुगेको बेला दोलखाको अर्थतन्त्रलाई चलायमान गराउन महोत्सव आयोजना गरेकोमा चेम्वर अफ कमर्शलाई धन्यवाद समेत दिनुभएको छ । महोत्सवमा आयोजना भएका विभिन्न प्रतियोगीताका विजेताहरुलाई आजै पुरस्कार वितरण गरिएको छ ।

डिम्याट खाता खोल्नेको संख्या  न्युन

दोलखा महोत्सवमा डिम्याट खाता खोल्नेको संख्या अत्यन्तै न्युन देखिएको छ । महोत्सव अवधिभर डिम्याट खाता र मेरो शेयर खोल्ने व्यवस्था गरिएपनि यसतर्फ मानिसहरु उत्साहपुर्ण सहभागी नदेखिएको हो । १० दिनको अवधिमा जम्मा २ सय १० जनाले मात्रै डिम्याट खाता खोलेका छन् । अपर तामाकोशी जलविद्युत आयोजनामा शेयर लगानी गरेकामध्ये अधिकांशले शेयर आफ्नो खातामा ल्याएका छैनन । जिल्लाका एक तिहाई नागरिकले पनि डिम्याट खाता नखोलेको अवस्थालाई मध्यनजर गर्दै महोत्सवमा डिक्याट खाता खोल्ने व्यवस्था गरिएको थियो । तर दोलखाका नागरिकले आफ्नो शेयर आफ्नै खातामा ल्याउन पनि लापरवार्ही गरिरहेका छन् ।

शेयरधनीले शेयर आफ्नो डिम्याट खातामा नल्याएको अवस्थामा शेयर किनबेच गर्न पाईने छैन भने आयोजनाबाट प्राप्त हुने लाभांश पनि पाईने छैन । शेयरधनी स्वयमको बैंक खाता र डिक्याट खाता अनिवार्य भएमा मात्रै शेयर किनबेच गर्न र आयोजनाबाट प्राप्त हुने लाभांश प्राप्त गर्न सकिने व्यवस्था छ ।