images
images

माओवादीले मेलम्ची नगरपालिकाका मेयर र उपमेयर सिफारिस गर्‍यो

  • २९ चैत्र २०७८, मंगलवार ०८:३३

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका मेयर र उपमेयरका लागि सिफारिस गरेको छ ।

माओवादीको बैठकले सर्वसम्मत रुपमा उम्मेदवार चयन गर्न नसकेपछि मेयर र उपमेयर ३/३ जनाको नाम सिफारिस गरेको हो । केन्द्रिय सदस्य युवराज दुलालले मेलम्ची नगरपालिकाका मेयर र उपमेयरका लागि ३/३ जनाको नाम सिफारिस गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मेयरका लागि चन्द्र बहादुर थापा, देबेन्द्र घोरासैनी र उदन आलेको नाम सिफारिस भएको छ ।

यस्तै उपमेयरमा मुनादेवि ढकाल, लक्ष्मी ढकाल र मिथिला सिग्देलको नाम सिफारिस भएको छ । यसअघिको स्थानिय तह निर्वाचनमा मेलम्ची नगरपालिकामा माओवादी तेस्रो भएको थियो ।