images
images

गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रचण्डको अपिल

  • २६ कार्तिक २०७९, शनिबार १८:१६

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक मतका साथ विजयी गराउन अपिल गर्नुभएको छ ।

चितवनमा आज आयोजित सत्तारुढ गठबन्धनको चुनावि सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो अपिल गर्नुभएको हो । उहाँले निर्वाचनमा प्रतिगमन परास्त हुनेगरी जनताले एकता प्रदर्शन गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष प्रचण्डले आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रतिगमन परास्त हुनेगरी जनताले एकता प्रदर्शन गर्नुपर्ने बताउनुभएको हो । देशमा फेरि राजनितिक दुर्घटना गर्न खोज्ने प्रतिगामी र अवसरवादी तत्वलाई पुरै पराजित गर्नेगरी जनताले एकता प्रदर्शन गर्नुपर्ने उहाँको भनाई छ ।

अध्यक्ष प्रचण्डले यो निर्वाचन देशलाई अघि लैजाने कि पछि धकेल्ने भन्ने जनमत संग्रहजस्तै भएको बताउनुभयो । गठबन्धन बनेपछि प्रतिगमनको खतरा कम बन्दै गएको र अग्रगमन विजयी हुँदै गएको उहाँको भनाई छ ।