images
images

ओखलढुंगामा पहिचानवादी समुहले यसरी जलायो एमालेको स्वागतद्धार

  • २६ मंसिर २०८०, मंगलवार १२:०१

ओखलढुंगा । ओखलढुंगामा पहिचानवादी समुहले नेकपा एमालेको स्वागत गेट भत्काएर जलाइदिएका छन् ।

एमालेले जारी राखेको ‘संकल्प यात्राका’ क्रममा पाहुनालाई स्वागतका लागि तयार पारिएको स्वागतद्धार पहिचानवादीले भत्काएर जलाईदिएका हुन् । एमालेले संकल्प यात्रामा अवरोध नगर्न आग्रह गरेपछि पहिचानवादीको समुहले स्वागतद्धार नै भत्काएको हो । नेकपा एमालेले मध्य पहाडी पुष्पलाल लोकमार्गमा सुरु गरेको झुलाघाट चिवाभञ्ज्याङ संकल्प यात्रा आजबाट कोशी प्रदेशमा प्रवेश गरेको छ ।

एमालेको सो अभियानलाई पहिचानवादीहरुले कोशी प्रदेश प्रवेशमा अवरोध गर्ने चेतावनी दिइरहेका बेला एमालेले भने यात्रामा अवरोध नगर्न पहिचान पक्षधर लगायतलाई अपिल गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समुहद्धारा एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकोप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।