images
images

सिन्धुलीमा कक्षा १२ को परिक्षामा एउटै नम्बरका दुई वटा उत्तरपुस्तिका भेटियो

  • ३० बैशाख २०८०, शनिबार १४:१९

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाका अध्यक्ष प्रख्यात मोक्तानले नक्कली परिक्षार्थी राखेर कक्षा १२ को परिक्षा दिएको आरोप लागेको छ ।

सामाजिक विषयमा परिक्षामा एउटै सिम्बोल नम्बरका दुई वटा उत्तरपुस्तिका फेला परेपछि उनी विवादमा तानिएका हुन् । कक्षा १२ को परिक्षाको तेस्रो दिन मोक्तान माध्यामिक विद्यालय कपिलाकोटको परिक्षा हलमा उपस्थित भएका थिए । उनले परिक्षा सकेर कपि पनि पनि बुझाएका थिए । तर एकछिनपछि बाहिरबाट लेखेर ल्याएको अर्को कापी मिसाउन खोज्दा घटना सार्वजनिक भएको हो । शिक्षा विकास तथा समन्वय ईकाईले बाहिरबाट ल्याएको उत्तरपुस्तिका रद्ध गरेपनि अध्यक्ष मोक्तानमाथि कुनै कारवार्ही गरेको छैन ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता न्यौपानेले आफुहरु अनुगमनमा जाँदा एउटै नम्बरका दुई वटा कपी भेटिएको जानकारी दिनुभयो । यता गाउँपालिका अध्यक्ष मोक्तानले भने आफुमाथि लागेको आरोप अस्विकार गर्नुभएको छ । उहाँले तीन वटा विषयको परिक्षा आफुले नियमपुर्वक हलमा बसेर दिएको दावि गर्नुभएको छ ।