images
images

माग भन्दा ३ सय ७० कम शिक्षक छनोट

  • २७ कार्तिक २०७९, आईतवार ०८:०४

काठमाडौं । माध्यमिक तहमा मागभन्दा कम शिक्षक छनोट भएका छन् ।

शिक्षक सेवा आयोगले विभिन्न विषयमा १ हजार ५ सय ५२ जना शिक्षक माग गरेकोमा १ हजार १ सय ८२ जना शिक्षक छनोट गरी नियुक्तिका लागि सिफारिस गरेको हो । मागभन्दा ३ सय ७० जना कम सिफारिस भएका छन् । आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले कम संख्यामा शिक्षक छनोट हुनु चिन्ताजनक अवस्था रहेको बताउनुभयो । आयोगले नेपाली, अङग्रेजी, गणित, विज्ञान, लगायतका विषयमा नयाँ शिक्षक नियुक्तिका लागि आवेदन आवहान गरेको थियो ।