images
images

जिरीमा स्कुटर दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु

  • २७ कार्तिक २०७९, आईतवार १८:५३

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा स्कुटर दुर्घटनामा परि गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

जिरी नगरपालिका ६ स्थित चेप्टेमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएकी अन्दाजी ३५ वर्षीया मिठी माया जिरेलको जिरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जिरेलको आज बेलुकी करिब साँढे ५ बजे जिरी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय जिरीले जनाएको छ । प्रहरीका अनुसार अहिले मुचुल्का उठाउने काम भइरहेको छ ।

स्कुटर अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खस्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।