images
images

दोलखामा भारत सरकारको अनुदानका विद्यालय सम्पन्न भएन, ७ वर्षदेखि पुरानो भवन र टहरामा विद्यार्थी

जिरी (दोलखा) । भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने दोलखाका १० वटा विद्यालय भवनमध्य हालसम्म एउटा मात्रै सम्पन्न भएको छ ।

तीन वर्षअघि पुननिर्माण सुरु भएको १० वटा विद्यालय भवनमध्ये हालसम्म एउटा मात्रै सम्पन्न भएको हो । जसमा भिमेश्वर नगरपालिकास्थित भीम माविको भवन पुननिर्माणको काम सकिएको श्याम सुन्दर प्रेरा जेभि कम्पनीका प्रोजेक्ट म्यानेजर मधुनेन्द्र सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार सो विद्यालय भवन केहि समयअघि मात्रै सम्पन्न भएको हो । विद्यालय भवनको सबै काम पुरा भएकाले अबको एक साताभित्र हस्तान्तरण गर्ने तयारी भइरहेको सिंहले बताउनुभयो । २०७२ सालको विनाशकारी भुकम्पको कारण दोलखा जिल्लाभित्रका निजी आवास, सरकारी कार्यालय सहित सयौं विद्यालय भवनमा क्षति पुगेको थियो । ७ वर्षअघि भुकम्पको कारण क्षति भएका विद्यालयमध्ये १० वटा विद्यालय भवन निर्माणका लागि भारत सरकारले अनुदान दिएको थियो ।

तर, ९ वटा विद्यालयहरु अझै निमाणधीन अवस्थामै रहेका छन् । यद्धपी, निमार्णाधीन ९ वटै विद्यालयको निर्माण कार्य अन्तिम चरणमा पुगेको शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिनुभयो । कोरोना महामारी र निर्माण कम्पनीको ढिलाईका कारण विद्यालय भवन समयमै निर्माण हुन नसकेको उहाँले बताउनुभयो । प्रमुख श्रेष्ठका अनुसार सबै विद्यालय भवनको स्टक्चरको काम सकिएको छ भने झ्याल ढोका, रङरोगन र फिनिसिङ, शौचालय, ट्रस लगायतको काम बाँकी छ । ती विद्यालय भवनहरुको ७० देखि ९५ प्रतिशतसम्म काम सकिएको शिक्षा विकास तथा समन्वय इकाइ दोलखाले जनाएको छ ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने दोलखाका १० वटा विद्यालय भवनमध्य हालसम्म एउटा मात्रै सम्पन्न भएको छ । तर, ९ वटा विद्यालयहरु अझै निमाणधीन अवस्थामै रहेका छन् । यद्धपी, निमार्णाधीन ९ वटै विद्यालयको निर्माण कार्य अन्तिम चरणमा पुगेको शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिनुभयो । कोरोना महामारी र निर्माण कम्पनीको ढिलाईका कारण विद्यालय भवन समयमै निर्माण हुन नसकेको उहाँले बताउनुभयो । विद्यालय भवन समयमै निर्माण सम्पन्न नहुँदा ७ वर्षदेखि विद्यार्थीहरु अस्थायी टहरा र पुरानै विद्यालय भवनमा पठनपाठन गर्न बाध्य छन् ।

भुकम्प गएको ४ वर्षपछि श्याम सुन्दर प्रेरा जेभि कम्पनी काठमाडौँले १० वटै विद्यालय पुननिर्माणको जिम्मा लिएको थियो । २०७८ साल चैत्र भित्रै सबै विद्यालय निर्माण सम्पन्न गरि हस्तान्तरण गर्ने सहमती भएपनि हालसम्म कुनै विद्यालय हस्तान्तरण गरिएको छैन् । विद्यालय पुननिर्माणको जिम्मा लिएको मुख्य ठेकेदार कम्पनीको प्रतिनिधि कनसल्टेन्ट तथा सम्बन्धित विद्यालयहरुका प्रधानाध्यापकहरुको शिक्षा विकास तथा समन्वय इकाई दोलखामा केही साता अघि बसेको संयुक्त बैठकले २०७९ साल पौष मसान्तसम्म सबै विद्यालयको सम्पुर्ण निर्माण कार्य सम्पन्न गरी विद्यालय भवन हस्तान्तरण गर्ने निर्णय गरेको छ । विद्यालय भवन समयमै निर्माण सम्पन्न नहुँदा ७ वर्षदेखि विद्यार्थीहरु अस्थायी टहरा र पुरानै विद्यालय भवनमा पठनपाठन गर्न बाध्य छन् ।

अब गौरीशंकर गाउँपालिकास्थित मानेडाँडा मावि, शान्ति आर्दश मावि, बैतेश्वर गाउँपालिकास्थित क्षेत्रवती मावि र कालिढुंगा मावि, शैलुङ गाउँपालिकास्थित दुर्गा मावि, तामाकोशी गाउँपालिकास्थित कालापानी मावि र गुप्तेश्वर मावि, कालिञ्चोक गाउँपालिकास्थित कालिनाग मावि र भीमेश्वर नगरपालिकास्थित कालिञ्चोक मावि सम्पन्न हुन बाँकी छ । यी विद्यालय भवनहरु ६६ करोडको लागतमा सुविधा सम्पन्न ६ कोठादेखि १८ कोठासम्मको बन्नेछन् । २०७२ सालको विनाशकारी भुकम्पको कारण दोलखाका ३ सय ६३ विद्यालय क्षेतिग्रस्त भएका थिए । तीमध्य अधिकांश विद्यालय भवनहरुको निर्माण सम्पन्न भइसकेको छ ।