images
images

सुनकोशी नदीमा डुंगा दुर्घटना, एक युवकको मृत्यु

  • ३० पुष २०७९, शनिबार ०९:२२

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा कायाक (डुंगा) दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

डुंगा दुर्घटनामा परी उदयपुरको कटारी नगरपालिकाका २७ वर्षिय विरवल राईको मृत्यु भएको हो । बलेफी गाउँपालिका वडा नम्बर ५ स्थित सुनकोशी नदीमा ¥याटिङ गर्ने क्रममा डुंगा अनियन्त्रित भएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको काभ्रेपलाञ्चोक धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी शिव बुढाथोकीले जानकारी दिनुभयो ।