images
images

स्थानीय तहको निर्वाचनः भीमेस्वरमा जिल्ला न्यायधिश र अन्य स्थानीय तहमा निर्वाचन अधिकृत खटिने

  • १ बैशाख २०७९, बिहीबार १५:०३

दोलखा । आगामी स्थानीय तह निर्वाचनका लागि दोलखाका ९ वटै स्थानीय तहमा वैशाख ८ गतेबाट निर्वाचन अधिकृतहरु खटिने भएका छन् ।

निर्वाचन कार्यालय दोलखाका अनुसार आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लाका दुई नगरपालिका र ७ वटा गाउँपालिकामा वैशाख ८ गते निर्वाचन कार्यालय स्थापना गरेपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु खटिने भएका हुन् । हाल निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरि तालिम दिइरहेको र तालिम सम्पन्न भएपछि उनीहरु एकैपटक वैशाख ८ गतेबाट जिल्लाको प्रत्येक स्थानीय तहमा आउने जानकारी प्राप्त भएको दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिनुभयो । निर्वाचन अधिकृत सकुन्तला राईका अनुसार वैशाख ८ गते प्रत्येक स्थानिय तहको केन्द्रमा निर्वाचन कार्यालय स्थापना गरिएपछि निर्वाचन अधिकृतहरु पनि सोही दिनबाट आ–आफ्नो निर्वाचन कार्यालयमा उपस्थित हुने भएका छन् ।

आगामी स्थानीय तह निर्वाचनका लागि दोलखाका ९ वटै स्थानीय तहमा वैशाख ८ गतेबाट निर्वाचन अधिकृतहरु खटिने भएका छन् । निर्वाचन आयोगले दोलखा जिल्ला अदालतका न्यायाधीश कविप्रसाद न्यौपानलेलाई भीमेश्वर नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको रुपमा खटाउँदैछ । जिल्लाका अन्य ८ स्थानीय तहमा निर्वाचन अधिकृतहरु खटिनेछन् ।

जिल्लामा आगामी स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटिने भएका छन् । आयोगले यसअघि खटाएका निर्वाचन अधिकृतमध्ये जिल्लाको मेलुङ गाउँपालिकामा भने परिवर्तन गरिएकोे छ । मेलुङ गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव प्रल्हाद कुमार कार्की आउने भनिए पनि उनको स्थानमा विनोद कुमार खड्का आउने भएका छन् । यस्तै, निर्वाचन आयोगले दोलखा जिल्ला अदालतका न्यायाधीश कविप्रसाद न्यौपानलेलाई भीमेश्वर नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको रुपमा खटाउँदैछ ।

जिल्लाका अन्य ८ स्थानीय तहमा निर्वाचन अधिकृतहरु खटिनेछन् । जसअनुसार गौरीशंकर गाउँपालिकामा जिल्ला समन्वय समितिका उपसचिव होम प्रसाद घिमिरे निर्वाचन अधिकृतको रुपमा खटिने छन् भने कालिञ्चोक गाउँपालिकामा राष्ट्रिय कितावखाना ललितपुरका उपसचिव विजयराज बढु आउने छन् । जिरी नगरपालिकामा उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्याधीवक्ता नवराज पराजुली, तामाकोशी गाउँपालिकामा राष्ट्रिय सुचना आयोग काठमाडौंका उपसचिव बाबुराम खनाल आउने छन् । यसैगरी विगु गाउँपालिकामा जिल्ला अदालत दोलखाका श्रेश्तेदार शिवकुमार पोखरेललाई निर्वाचन अधिकृतका रुपमा खटाइने छ भने वैतेश्वर गाउँपालिकामा खानेपानी मन्त्रालयका उपसचिव वसिष्ट कुमार घिमिरे निर्वाचन अधिकृतका रुपमा आउने निर्वाचन कार्यालय दोलखाले जनाएको छ । स्थानीय तह निर्वाचनका लागि दोलखामा १ सय ७८ मतदान केन्द्र र ९४ वटा मतदान स्थल कायम हुनेछ ।