images
images

सुनकोसी–मरिन डाइभर्सन आयोजना अनुमानित लागतभन्दा ११ अर्ब कम खर्चमा निर्माण हुने

  • २८ मंसिर २०७९, बुधबार ११:३७

सिन्धुली । राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना अनुमानित लागतभन्दा ११ अर्ब कम खर्चमा निर्माण हुने भएको छ ।

उक्त आयोजना बनाउन कुल ४६ अर्ब खर्च लाग्ने अनुमान गरिएको थियो । यद्धपी, अनुमानभन्दा २४ प्रतिशत कम लागतमा आयोजना बन्ने निश्चित भएको हो । आयोजनामा बन्ने जलविद्युत्को हेडवर्क्स, पावरहाउस, हाइड्रो मेकानिकललगायतका संरचना निर्माणमा पनि अनुमानभन्दा ६ अर्ब रुपैयाँ कममा ठेक्का सम्झौता हुने भएको छ । सो संरचना बनाउन १८ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरेको थियो । तर, हालै सम्पन्न फाइनान्सियल बिडिङमा भारतको पटेल इन्डिया र नेपालको रमन कन्स्ट्रक्सनले जोइन्ट भेन्चर (जेभी)मा १२ अर्ब रुपैयाँमा सो ठेक्का लिने भएको छ ।