images
images

सरकारले तल्लो लिखु जलविद्युत आयोजनाको प्रशारणलाइन निर्माणको लागि वन क्षेत्र प्रयोग गर्न दिने

  • १ चैत्र २०७९, बुधबार २१:२१

जिरी (दोलखा) । सरकारले रामेछापको लिखु तामाकोशी गाउँपालिकामा निर्माणाधीन तल्लो लिखु जलविद्युत आयोजनाको १३२ के.भि प्रशारणलाइन निर्माणको लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तल्लो लिखु जलविद्युत आयोजनाको १३२ के.भि प्रशारणलाइन निर्माणको लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो । आज पत्रकार सम्मेलनमा बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले यस्तो जानकारी दिनुभयो । २८ दशमलव १ मेगावाट क्षमताको सो आयोजना स्वेतगंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन कम्पनीले विभिन्न वित्तीय संस्थाहरुको लगानीमा निर्माण भइरहेको छ । सो आयोजनाको २०७२ सालमा निर्माण सुरु भएको थियो

निर्माण सम्पन्न भएपछि आयोजनाले उत्पादन गर्ने विद्युत विद्युतगृहबाट २३ किलोमिटर दुरीको न्यू खिम्ती सबस्टेसनमा लगेर जोडिनेछ । कम्पनीले सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन निर्माण गरिरहेको छ ।