images
images

बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी चापागाईं निर्वाचित

  • २ माघ २०७९, सोमबार २१:१४

काठमाडौँ । बागमती प्रदेशसभाको उपसभामुखमा नेकपा एमालेकी अप्सरा चापागाई निर्वाचित भएकी छन् ।

आज प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनकी उम्मेदवार चापागाईंले ६१ मत पाएर निर्वाचित भएकी हुन् । १ सय १० सदस्यीय प्रदेशसभामा उनको विपक्षमा ३९ मत परेको थियो भने ७ जना तटस्थ बसेका थिए । २ जना भने मतदानमा सहभागी भएका थिएनन् । उपसभामुखमा नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेको पक्षमा ३ र विपक्षमा ६१ मत परेको थियो । ४४ जना तटस्थ बसेका थिए ।

उपसभामुखमा ३ जनाको उम्मेदवारी परेको थियो । एमालेकी चापागाई उपसभामुखमा निर्वाचित भएपछि नेपाली कांग्रेसकी उम्मेदवार सुना परियारलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि छलफल नै भएको थिएन ।