images
images

जेम एकेडेमी जिरीका प्रिन्सिपलले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप, विधार्थीद्धारा तोडफोड

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकास्थित जेम एकेडेमीका प्रिन्सिपल भक्तराज बोहोराले छात्रालाई यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरुले तोडफोड गरेका छन् ।

प्रिन्सिपल बोहोराले जेम एकेडेमीकी एक छात्रालाई यौन दुव्र्यवहार गरेपछि आक्रोशित विद्यार्थीहरुले उनको कार्यकक्षमा तोडफोड सहित नारावाजी गरेका हुन् । विद्यार्थीहरुका अनुसार विद्यालयको होस्टलमा बस्ने छात्रालाई प्रिन्सिपल बोहोराले पटक–पटक यौन दुव्र्यवहार गर्दै आएका थिए । सो घटना सार्वजनिक भएपछि आज आक्रोशित विधार्थीले नारावाजी सहित प्रिन्सिपलको कार्यकक्ष तोडफोड गरेका हुन् ।

इलाका प्रहरी कार्यालय जिरी नजिकै रहेको सो विद्यालयमा नारावाजी र तोडफोड भएपछि प्रहरीले प्रिन्सिपललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय चरिकोटमा पठाइएकोे छ । इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरिक्षक शरण महर्जनले विद्यालयमा नारावाजी र तोडफोड भएपछि प्रिन्सिपललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय चरिकोट दोलखामा पठाइएको जानकारी दिनुभयो ।