images
images

सिन्धुलीमा कार्पस भाइरसको संक्रमण देखियो, ४२ वटा पशुचौपाया मरे

  • २ जेष्ठ २०८०, मंगलवार १५:०९

सिन्धुली । सिन्धुलीमा कार्पस भाइरसको संक्रमणबाट ४२ वटा पशुचौपाया मरेका छन् ।

पछिल्लो केही दिनयता घरपालुवा पशु चौपायामा देखिएको कार्पस भारइरसको संक्रमणबाट ४२ वटा पशुचौपाया मरेका हुन् । कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, गोलञ्जोर गाउँपालिका, घ्याङलेख गाउँपालिका, मरिण गाउँपलिका र हरिहरपुरगढी गाउँपालिका पशुमा कार्पस भाइरहेको संक्रमण फैलिएको छ । भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र सिन्धुलीका पशु चिकित्सक नवराज थापाका अनुसार यो रोग सबैभन्दा बढी तीनपाटन गाउँपालिकामा देखिएको छ । तीनपाटनमा मात्र हालसम्म २३ वटा गाई मरेका छन् भने २ हजार ३ सय ३६ पशु संक्रमित बनेका छन् ।

बिशेषगरी गाईमा यो रोगको संक्रमण बढी देखिएको छ । कार्पस संक्रमणका कारण ८ हजार २ सय ६२ वटा पशु बिरामी भएका छन् । यो रोगका कारण साना बाच्छाबाच्छी र कमजोर खालका गाई बढी मर्ने गरेको छ । रोग प्रतिरक्षा शक्ति कमजोर भएमा रोगको जोखिम बढी भएको पाइएको भेटेरीनरी अस्पतालले जनाएको छ । रोग लाग्न नदिन रोग नलागेका पशुचौपायालाई खोप दिन सकिने पशुचिकित्सकहरुले बताएका छन् ।