images
images

विभिन्न मुद्धामा फरार सिन्धुलीका पाँच जना पक्राउ

  • ३१ भाद्र २०७९, शुक्रबार १९:५९

सिन्धुली । सिन्धुलीमा विभिन्न मुद्धामा फरार रहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लामो समयदेखि विभिन्न मुद्धामा फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ५ का खिल बहादुर श्रेष्ठलाई चेक अनादर मुद्धामा पक्राउ गरेको छ भने तिपाटन गाउँपालिकाका दिपक तमाङ र भोज बहादुर मगरलाई बिना इजाजत काठ ओसारपसार मुद्धामा पक्राउ गरेको छ । यसैगरी सिन्धुलीकी एक महिला किर्ते जालसाक्षी मुद्धामा फरार रहेको १९ वर्षपछि पक्राउ परेकी छिन् । कमलामाई नगरपालिका वडा नम्बर ८ की ५९ वर्षिया बुध्दीमाया पाख्रिनलाई प्रहरीले किर्ते जालसाक्षि मुद्धामा फरार रहेको १९ वर्षपछि पक्राउ गरेको हो ।

सिन्धुली जिल्ला अदालतले उनलाई २०६४ साल वैशाख १३ गते किर्ते जालसाक्षी मुद्धामा कैद र जरिवानाको फैसला गरेको थियो । यस्तै लागुऔषध मुद्धामा फरार गोलञ्जोर गाउँपालिका वडा नम्बर ५ का भीम बहादुर थापालाई पनि प्रहरले पक्राउ गरी आज सार्वजनिक गरेको छ । विभिन्न घटनामा मुद्धा दर्ता भई अदालतबाट जरिवाना तथा कैद सजायको फैसला भएका र पक्राउ पुर्जी जारी भएकाहरुलाई पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक हरिकृष्ण केसीले जानकारी दिनुभयो ।