images
images

बलात्कार मुद्दामा पल शाहले पाए सफाइ, तत्काल जेलमुक्त नहुने

  • ३ माघ २०७९, मंगलवार १८:३१

नाबालिकालाई बलात्कार मुद्दामा थुनामा रहेका अभिनेता पल शाहले सफाइ पाएका छन्।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा मुद्दाको अन्तिम सुनुवाइपछि सो फैसला भएको हो।दुवै पक्षबाट आज दिनभर बहस भएको थियो। जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले शाहलाई सफाइ दिने फैसला भएको बताउनुभएको छ । यो मुद्दा यसअघि पटक पटक पेशी तोकिए पनि स्थगित हुँदै आएको थियो। पलविरुद्ध नाबालिग गायिकालाई बलात्कारको आरोप लागेको थियो। तर पछि पीडित भनिएकी किशोरीले नै अदालतमा बयान फेर्दै जाहेरी झुटो भएको बताएकी थिइन्।

पीडितले जाहेरी फेरेर होस्टाइल भए पनि नवलपुर अदालतले पललाई यस्तै मुद्दामा अढाइ वर्ष कैदको फैसला गरेको छ। जबरजस्ती करणीको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपायोगको मुद्दामा उनलाई नवलपुरमा सजाय सुनाइएको थियो । गत फागुन ११ गते शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको हो । गत वर्ष फागुन १५ गते आफैँ प्रहरी कार्यालय पुगेका पल त्यसयता थुनामै छन्।

यसैबिच, तनहुँ अदालतबाट सफाइ पाए पनि पल तत्काल जेलमुक्त भने हुने छैनन् । उनीविरुद्ध जिल्ला अदालत नवलपुरले डेढ वर्ष कैदको फैसला गरेको छ । सो फैसला अनुसार पलले अझै डेढ वर्ष कैदमा बस्नुपर्नेछ । अभिनेता पल हाल तनहुँ कारागारमा रहेका छन । यद्धपी पलले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालतबाट बदर भएर सफाइ पाउने ठहरे भने उनको जेल यात्रा छोटिनेछ । नवलपुर अदालतले बलात्कारको आरोपमा सफाई दिए पनि बालयौन दुरुपयोगको कसुरमा सजाय तोकेको थियो । तनहुँका श्रेस्तेदार मिनबहादुर कुँवरले साहलाई सफाई दिने फैसला भएको भन्दै चित्त नबुझे सरकार पक्ष उच्च अदालतमा जान सक्ने बताउनुभयो । पिडित पक्ष भने उच्च अदालत जाने सम्भावना छैन । उनीहरुले यसअघि नै पल निर्दोष रहेको बयान सिदइसकेका छन् । फैसलाको पुर्ण पाठ आउन भने समय लाग्ने अदालतले जनाएको छ ।