images
images

हुरहुरे घटनाको भिडियो सार्वजनिक, बिष्फोट गराउँदा मजदुरको मृत्यु भएको पुष्टि

दोलखा । नासा हाइड्रोले निर्माण गरिरहेको लप्चि जलबिधुत आयोजनाको सडक निर्माणको क्रममा मजदुरको ज्यानै जाने गरी भएको घटना पहिरोमा पुरिएर नभई बिष्फोट गराउँदा भएको पुष्टि भएको छ ।

सोमवार दिउँसो भएको घटनाको भिडियो र तस्वीर सार्वजनिक भएपछि सो घटना बिष्फोट गराउँदा घटेको पुष्टि भएको हो । नासा हाइड्रोले निर्माण गरिरहेको लप्चि जलबिधुत आयोजनाको प्रवेश मार्ग निर्माणका क्रममा भीर फुटाउन बिष्फोट गराउने क्रममा एक मजदुरको घटनास्थलमै मृत्यु भएको र दुई जना मजदुर आसपासमा गम्भीर घाइते भएर छट्पटाईरहेको भिडियोमा स्पस्ट देखिन्छ । लामावगरदेखि लप्चिसम्म सडक निर्माण गर्ने क्रममा हुरहुरे खण्डमा सोमवार दिउँसो भीर फुटाउन बिष्फोट गराइएको थियो ।

दिउँसो केही पटक बिष्फोट गराएपछि पुनः बिष्फोटको तयारीकालागि ढुँगामा प्वाल खोप्ने क्रममा एक्कासी बिष्फोट भएर बिगु गाउँपालिका–१ लामावगर घर भएका १९ वर्षीय कामदार कुसुङ तमाङको घटनास्थलमै मृत्यु भएको थियो भने सोही स्थानका २२ वर्षीय रसमान तामाङ र दिलकुमार तामाङ गम्भीर घाइते भएका थिए । सो सडक निर्माणमा खटिएका कामदारहरुले लप्चि जलबिधुत आयोजना र सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीले सुरक्षित उपाय नअपनाई जोखिमपूर्ण काममा लगाएका कारण मजदुरको ज्यान गएको बताएका छन् । हुरहुरेको भीर फुटाउन दिउँसो बिष्फोट गरिएको र प्वाल खोपेर बिष्फोटक पदार्थ भरिएको केप बिष्फोट भए नभएको यकिन नगरी अर्को प्वाल खोप्न मजदुरलाई पठाउँदा दुर्घटना भएको हो ।

हुरहुरेको भीर फुटाउन दिउँसो बिष्फोट गरिएको र प्वाल खोपेर बिष्फोटक पदार्थ भरिएको केप बिष्फोट भए नभएको यकिन नगरी अर्को प्वाल खोप्न मजदुरलाई पठाउँदा दुर्घटना भएको हो । नासा हाइड्रोले निर्माण गरिरहेको लप्चि जलबिधुत आयोजनाको प्रवेश मार्ग निर्माणका क्रममा भीर फुटाउन बिष्फोट गराउने क्रममा एक मजदुरको घटनास्थलमै मृत्यु भएको र दुई जना मजदुर आसपासमा गम्भीर घाइते भएर छट्पटाईरहेको भिडियोमा स्पस्ट देखिन्छ । 

लप्चि आयोजना र सडक निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीलाई सुरक्षा (सेफ्टी) सामाग्री समेत नदिई जोखिमपूर्ण काममा लगाएको पुष्टि भएको छ । भीरमा ढलिरहेका कुसुङको शवको हातमा पञ्जा बाहेक अन्य सुरक्षा समाग्री प्रयोग गरेको देखिदैन । उनको टाउकोमा हेल्मेट समेत नभएको भिडियो सार्वजनिक भएको छ । शवसँगै घाइते अवस्थामा रहेका दुई मजदुरको शरीरमा समेत सुरक्षा सामाग्री देखिएको छैन । उनीहरु रक्ताम्य अवस्थामा छटपटाईरहेको देखिन्छ । सुरक्षाकर्मीको उपस्थिती विना बिष्फोटक पदार्थ प्रयोग गर्न नपाउने कानुनी व्यवस्था हुँदाहुँदै हुरहुरेमा मजदुरलाई मात्रै जोखिमपूर्ण काममा लगाएको आशंका छ ।

सोमवार दिउँसो एक मजदुरको मृत्यु र दुई जना गम्भीर घाइते हुनेगरी घटना घटेपछि लप्चि जलबिधुत आयोजनाले सडक निर्माणको क्रममा सुख्खा पहिरो खस्दा घटना घटेको जानकारी गराएको थियो । देउराली भन्ने स्थानमा सुख्खा पहिरो गएका कारण सुरक्षाकर्मी घटनास्थल पुग्न नसकेपछि स्थानीय प्रहरी प्रशासनले आयोजनाको जानकारीलाई नैं आधिकारिक मानेर घटनाका बारेमा जानकारी दिएको थियो । दोलखा प्रहरीले बिज्ञप्ति जारी गरी सुख्खा पहिरोमा परी एक मजदुरको मृत्यु भएको र दुई जना घाइते भएको बताएको थियो । लप्चि आयोजनाको सडक निर्माण भइरहेको क्षेत्रमा टेलिफोन नेटवर्क नभएको र दुर्गम भएका कारण घटनाका बारेमा यथार्थ जानकारी लिने अन्य विकल्प थिएन ।

भीरमा ढलिरहेका कुसुङको शवको हातमा पञ्जा बाहेक अन्य सुरक्षा समाग्री प्रयोग गरेको देखिदैन । उनको टाउकोमा हेल्मेट समेत नभएको भिडियो सार्वजनिक भएको छ । शवसँगै घाइते अवस्थामा रहेका दुई मजदुरको शरीरमा समेत सुरक्षा सामाग्री देखिएको छैन । उनीहरु रक्ताम्य अवस्थामा छटपटाईरहेको देखिन्छ । सुरक्षाकर्मीको उपस्थिती विना बिष्फोटक पदार्थ प्रयोग गर्न नपाउने कानुनी व्यवस्था हुँदाहुँदै हुरहुरेमा मजदुरलाई मात्रै जोखिमपूर्ण काममा लगाएको आशंका छ ।

घटनास्थलवाट कठिन जँगलको बाटो हुँदै लामावगर आएका अन्य मजदुरले घटना विवरण वारे बताए पछि सो घटना सुख्खा पहिरोका कारण नभई बिष्फोट पदार्थ बिष्फोट गराउने क्रममा भएको खुलासा भएको थियो । यस सम्वन्धी समाचार हाम्रो अपडेटले मंगलवार प्रकाशन गरेको थियो । अहिले घटनास्थलको भिडियो र फोटो सार्वजनिक भएपछि यथार्थ बाहिर आएको छ भने जलबिधुत आयोजनाका कर्मचारीले लापरवाहीका कारण भएको घटनाको ढाकछोप गर्न खोजेको पुष्टि भएको छ ।

घटनाको यथार्थ विवरण सार्वजनिक भएपछि मृतक र घाइतेका परिवार तथा आफन्तजन आन्दोलित भएका छन् । उनीहरुले हिजो लामावगरस्थित लप्चि जलबिधुत आयोजनाको कार्यालय परिसरमा घेराउ र तोडफोड गरेका छन् भने आज पनि बिरोध जारी राखेका छन् ।