
दोलखा । दोलखाबाट जन्ती लिएर सिन्धुपाल्चोक गएको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन दर्जन बढी घाईते भएका छन् ।
दोलखाको सुस्पाक्षमावतीबाट सिन्धुपाल्चोकको पिस्करमा जन्ति लिएर जाँदै गरेको बस दुर्घटना भएको हो । सो बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।उक्त बस तौथलीको धारावती भन्ने स्थानबाट एक सय मिटर तल खसेका स्थानीयले बताएका छन् ।
सिन्धुपाल्चोक प्रहरीकाअनुसार दुर्घटनामा तीन जनाको मृत्यु भएपनि उनीहरुको पहिचान खुल्न बाँकी रहेको छ । प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् ।