images
images

कर्णालीका मुख्यमन्त्रीले लिए विश्वासको मत

  • १३ बैशाख २०८१, बिहीबार १७:२९

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिएका छन् ।

प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री कँडेलले २३ मत पाएका हुन् । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र तटस्थमा १ मत परेको छ । कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादीका एकरएक र स्वतन्त्र एक सांसद छन् ।

कँडेल चैत २७ गते कर्णाली प्रदेशका मुख्यमन्त्री नियुक्त भएका थिए ।