images
images

काभ्रेपलाञ्चोकमा किम्बु खाँदा एक बालकको ज्यान गयो

  • ६ बैशाख २०८१, बिहीबार ०९:२५

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा एक वालकको मृत्यु भएको छ ।

नमोबुद्ध नगरपालिका–४ काफ्लेथोकका गणेशप्रसाद मैनालीको १२ वर्षीय छोरा प्रशान्त मैनालीको मृत्यु भएको हो । उनी हिजो स्कुलबाट घर फर्किने क्रममा बाटोमा किम्बु खाँदै गएका थिए । तर ती बालकले घरमा पुग्नेवित्तिकै बमिट गरेका थिए । त्यसपछि उनलाई आमाबुबाले उपचारको लागि मेथिनकोट अस्पताल भकुण्डे लगेकोमा उपचारको क्रममा मृत्यु भएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ ।