images
images

सशस्त्र मुख्यालयमा प्रेसर कुकर पड्किँदा सिन्धुपाल्चोकका एकसहित तीन जना घाइते

  • ३ पुष २०७९, आईतवार ०९:०१

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको हल्चोकस्थित मुख्यालयमा खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा सिन्धुपाल्चोकका एकसहित तीन जना घाइते भएका छन् ।

हिजो साँझ कार्यदलको क्यान्टिनमा खाना पकाउने क्रममा प्रेसर कुकर पड्किएर तिन जना घाइते भएका हुन् । घाइते हुनेमा सुर्खेतका ११ वर्षिय आयुष बुढा, प्युठानका १९ वर्षिय हिरासिंह बराल र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ३ का यमनाथ गिरी रहेका छन् । ११ वर्षिय बुढा सशस्त्र प्रहरी सहायक निरीक्षक राजकुमार बुढाका छोरा हुन् भने अन्य दुई जना सशस्त्र प्रहरीका जवान हुन् । घाइते उनीहरुको किर्तिपुरस्थि तबर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ