images
images

बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलको काँधमा विश्वासको मतसँगै अनेकौ चुनौती

  • ५ माघ २०७९, बिहीबार ०८:२१

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेललाई सत्ता गठबन्धनका दलबिच मन्त्रालय भागबन्डा मिलाउनु सकसपुर्ण बन्दै गएको छ ।

सत्ता गठबन्धनसहित लगभग सिंगो सांसदकै विश्वासको मत पाएका मुख्यमन्त्री जम्मकट्टेलको काँधमा विश्वासको मतसँगै अनेकौ चुनौती थपिएका छन्। केन्द्रमा बनेको समीकरणको ३ वटा दलमात्र बागमती प्रदेशसभामा रहे पनि ५ दलको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेललाई मन्त्रालय भागबन्डा सकसपुर्ण बन्दै गएको हो । संघमा ७ वटा दलको समीकरण बनेको भए पनि बागमतीमा सो समीकरणको नेकपा माओवादी केन्द्र, एमाले र राप्रपा मात्रै छन् । ७ दलको प्रतिनिधित्व रहेको प्रदेशसभामा अन्य ४ दल केन्द्रिय समीकरणभन्दा बाहिरका हुन् । १ सय १० सदस्यीय बागमती प्रदेशमा सरकार गठनका लागि मुख्यमन्त्री जम्मरकट्टेललाई ५६ सांसदको समर्थन आवश्यक पर्नेछ । मुख्यमन्त्री जम्मरकट्टेललाई प्रदेशसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको छ । नेककिपाको ३ बाहेक संसदका सबै सांसदको विश्वासको मत पाएका जम्मरकट्टेललाई समर्थन विश्वासको मत दिएका दलहरुमा भागबन्डा मिलाउनुपर्ने चुनौती छ ।