images
images

बागमती प्रदेशमा पाँच महिनामा ४ दशमलव ५३ प्रतिशत विद्युत चुहावट

  • ५ माघ २०७९, बिहीबार १५:०९

काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा बागतमी प्रदेशमा ४ दशमलव ५३ प्रतिशत विद्युत चुहावट भएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनाको अवधिमा देशभर ६ दशमलव ४९ प्रतिशत विद्युत चुहावट हुँदा बागमती प्रदेशमा ४ दशमलव ५३ विद्युत चुहावट भएको हो । सो अवधिमा बाग्मती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौँडा मातहतका ६ वटा वितरण केन्द्रको ४ दशमलव ५३ प्रतिशत विद्युत चुहावट भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार अघिल्लो वर्षको सोही अवधिमा ४ प्रतिशत विद्युत् चुहावट भएको थियो । डिभिजन कार्यालय अन्तर्गत सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको २४ दशमलव ६४ प्रतिशत विद्युत् चुहावट भएको छ । गत वर्ष सो केन्द्रको ३० दशमलव १४ प्रतिशत चुहावट थियो ।

यसैगरी, बाग्मती प्रदेश प्रादेशिक कार्यालय काठमाण्डौ मातहतका २० वटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट ५ दशमलव ३३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा ७ दशमलव ४७ प्रतिशत विद्युत चुहावट भएको थियो । जसमा सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी २१ दशमलव ३७ प्रतिशत चुहावट रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । अघिल्लो वर्ष सो केन्द्रको ३१ दशमलव ९३ प्रतिशत विद्युत चुहावट थियो ।