images
images

त्रिपुरा क्याम्पस नाम्दुको सभापतिमा नेविसंघका थापा निर्वाचित

  • ५ चैत्र २०७९, आईतवार १७:५२

दोलखा । त्रिपुरा क्याम्पस नाम्दुको सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका सरोज थापा निर्वाचित भएका छन् ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका सत्कार खत्रीलाई दोब्बर मतान्तरले पराजित गर्दै नेविसंघका थापा त्रिपुरा क्याम्पस नाम्दुको सभापतिमा निर्वाचित भएका हुन् । थापाले २५ मत प्राप्त गरेका छन् भने खत्रीले १२ मत पाएका छन् । सचिवमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका कपिल राउत निर्वाचित भएका छन् । राउतले २८ मत पाएका छन् भने एमाले निकट अनेस्वास्वियुकी उम्मेदवार शान्ति तमाङले ९ मत पाएकी छन् । यस्तै कोषध्यक्षमा नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियुको तर्फबाट उम्मेवार बनेकी पवित्रा गिरी निर्वाचित भएकी छन् । गिरीले २८ मत पाएकी छन् भने एमाले निकट अनेस्ववियुकी संगिता ढुंगेलले ८ मत पाएकी छिन् ।

त्रिपुरा क्याम्पस नाम्दुको स्ववियु सदस्यहरुमा गठबन्धनको तर्फबाट रनिसा तमाङ, आशिशा घिमिरे, विनु घिमिरे निर्वाचित भएका छन् । त्रिपुरा क्याम्पसमा पनि गठबन्धनको प्यानल नै विजयी भएको हो । समानुपातिकतर्फबाट गठबन्धनकी उम्मेदवार संगीता भण्डारी उपाध्यक्ष पदमा निर्वाचित भएकी छिन् । अखिल क्रान्तिकारीको तर्फबाट उम्मेदवार बनेकी उनी उपाध्यक्षमा निर्वाचित भएकी हुन् । सहसचिवमा केशरी राउत तथा सदस्यहरुमा प्रमिला कार्की, मनिषा तमाङ र एमाले निकट अनेरास्ववियुबाट विन्दा तमाङ विजयी भएकी हुन् । त्रिपुरा क्याम्पस नाम्दुमा एमाले निकट अनेरास्ववियुबाट समानुपातिकमा जम्मा एक जना सदस्य मात्रै निर्वाचित भएका हुन् ।