images
images

कसरी भयो जन्ती बोकेको बस दुर्घटना ?

  • ७ बैशाख २०८१, शुक्रबार १२:०२

दोलखा । दोलखाबाट जन्ती लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस अनियन्त्रित भएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ५२ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिका १ का १७ बर्षिय शिव श्रेष्ठ, सोही स्थानका ७० बर्षिय मान बहादुर थामी र १९ बर्षिय दिपेन्द्र थामी रहेका छन् । बसमा ५५ जना सवार रहेकोमा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने ५२ जना घाईते भएका हुन् । घाईतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।

बस दुर्घटनामा बेहुला भीमेश्वर नगरपालिका १ का शुसिल थामी र बेहुलाकी आमा साहीली थामी पनि घाईते भएका छन् । उनीहरु दुबै सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका २१ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । आज बिहान करिब साँढे सात बजे दोलखाबाट सिन्धुपाल्चोकको पिस्करतर्फ जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ धारवती भन्ने स्थानमा दुर्घटना भएको हो । जन्ती बोकेको बा ४ ख ५६१६ नम्बरकोे बस आफै अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको सिन्धुपाल्चोकका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयोे ।