images
images

काभ्रेपलाञ्चोकमा ट्रक दुर्घटनाः ५ जना घाईते, एक महिलाको अवस्था गम्भीर

  • १३ बैशाख २०८१, बिहीबार १५:३२

काभ्रेपलाञ्चोक । काभ्रेपालञ्चोकको धुलिखेल नगरपालिकामा ट्रक दुर्घटना हुँदा ५ जना घाईते भएका छन् ।

काभ्रेभञ्ज्याङबाट धुलिखेल आउँदै गरेको बा ३ क २९३ नम्वरको महेन्द्र निशान ट्रक धुलिखेल नगारपालिका ७ बेईजिङप्लान नजिकै दुर्घटना हुँदा चालकसहित ५ जना घाईते भएका हुन् । घाईते मध्य एक जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा परि ट्रक चालक काभ्रेपलाञ्चोकको नमोवुद्ध नगरपालिका ६ खाक्सी बस्ने ५६ वर्षीय ईन्द्र बहादुर तामाङ, सोही स्थानका ६३ वर्षीय गंगा बहादुर तामाङ र ६५ वर्षीय पञ्चलाल तामाङ घाईते भएका छन् ।

यस्तै, दुर्घटनामा सोही स्थानका ५० वर्षीय शुर्य लामा र उनकी श्रीमती ४३ वर्षीया मिच्याउ तामाङ पनि घाईते भएकी छिन् । घाईते मध्य मिच्याउको अवस्था गम्भिर रहेको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ । प्रहरीका अुनसार घाईतेहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । ट्रक अनियन्त्रित भएर सडकबाट १०० मिटर तल खस्दा दुर्घटना भएको हो ।