images
images

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५.९ रेक्टरस्केलको भुकम्प

  • २ कार्तिक २०७९, बुधबार १५:१७

जिरी (दोलखा) । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ दशमलव ९म्याग्निच्युडको भुकम्प गएको छ ।

आज दिउँसो ३ बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चोकको भोटेकोसी आसपास केन्द्र भएर भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल–चीन सीमाना नजिकै चिनियाँ भूमिमा रहेको पनि केन्द्रले जानकारी दिएको छ । सो पराकम्पको दोलखामा पनि ठूलै धक्का महसुस भएको थियो ।

भूकम्पको धक्का रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लामा महसुस गरिएको छ । यो भुकम्प पनि २०७२ सालको विनाशकारी भुकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।