images
images

प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजदेखि सुरु हुने

  • ६ माघ २०७९, शुक्रबार ०६:४५

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ ।
संसद सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुने भएको हो । आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने आजै सवा ४ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ । भोली दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निणायर्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमलाई उपसभामुख बनाउने तयारी गरिएको छ । सत्ता साझेदार दलबाट सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएपछि उपसभामुखमा गौतमलाई उम्मेदवार बनाउने तयारी गरिएको हो ।