images
images

नेपालको बिद्युत बंगलादेश पठाउन भारत सकारात्मक, बंगलादेशले गर्ला त खरिद ?

  • ६ माघ २०७९, शुक्रबार ०७:५२

काठमाडौं । नेपालको बिद्युतलाई भारत हुँदै बंगलादेश पु¥याउने विषयमा भारत सकारात्मक देखिएको छ ।

भारत सरकारसँग नेपाल र बंगलादेशले संयुक्त रुपमा बंगलादेशमा प्रारम्भिक रुपमा ५० मेगावाट बिद्युत भारत लैजानका लागि प्रशारण पूर्वाधार प्रयोगको अनुमति दिन प्रस्ताव गरेका छन् । दुवै मुलुकको अनुरोधमा भारतले प्रक्रिया अघि बढाएपछि नेपाल र बंगलादेश उत्साहित छन् । आगामी फेब्रअरीको तेस्रो साता नयाँ दिल्लीमा हुने नेपाल भारत उर्जा सचिवस्तरीय बैठकमा यसबारे थप छलफल हुने भएको छ । पुस २२ मा भएको बंगलादेश भारत विद्युत सहयोगसम्बन्धी दिपक्षीय बैठकमा पनि यसबारे छलफल भएको थियो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३ महिनाभित्र भारत हुँदै बंगलादेशमा विद्युत व्यापारको ढोका खुल्न सक्ने बताउनुभयो । हाल भारत र बंगलादेश विद्युत व्यापार गरिरहेका छन् । दुवै मुलुकबिच ७ सय ६५ केभीको लाइन पनि बन्दैछ । सांकेतिक रुपमा मात्रै बंगलादेशमा विद्युत निर्यात थाल्ने सके भविष्यमा हजारौं मेगावाट विद्युत बंगलादेशमा बेच्ने बाटो खुल्नेछ । बंगलादेशले पनि भारतसँग पटक पटक नेपालसँगको प्रसारणलाइन कनेक्टिभिटि र विद्युत व्यापारका लागि ढोका खुला गरिदिन आग्रह गर्दै आएको छ ।