images
images

नवनिर्वाचित सभामुख घिमिरेले आज सपथ लिने

  • ६ माघ २०७९, शुक्रबार ०९:२३

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज पद तथा गोपनियताको शपथ लिनुहुने भएको छ ।

आज बिहान ११ बजे राष्ट्रपति कार्यालयमा सपथ ग्रहण कार्यक्रम रहेको संसद सचिवालयका सचिव सुदर्शन खड्काले जानकारी दिनुभयो सभामुखले राष्ट्रपतिसँग सपथ लिने संसदको नियमावलीमा व्यवस्था रहेको छ । सत्ता साझेदारको तर्फबाट उम्मेदवार बनेका घिमिरे बहुमतका साथ हिजो निर्वाचन हुनुभएको थियो । घिमिरेको पक्षमा १ सय ६७ जनाले मतदान गरेका थिए भने विपक्षी गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी ईश्वरी देवी न्यौपानेकोे पक्षमा १ सय जनाले मतदान गरेका थिए ।