images
images

मलेसियाबाट आएको नेपाल एयरलाइन्सको विमान अवतरण हुन सकेन

  • ६ माघ २०७९, शुक्रबार १०:१५

काठमाडौं । मलेसियाबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकेर फर्किएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकता पुगेको हो । नेपाल एयरलाइन्सको आरए ४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकतामा अवतरण गरेको छ । आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम छ ।

यसअघि, बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ बजे चन्द्रगढ विमानस्थलमा अवरतण गरेको हो । बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ । भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित भएको छ ।