images
images

कटुवाचौर बजारका आगलागी पीडितलाई १७ लाख राहत रकम हस्तान्तरण

  • ६ चैत्र २०७९, सोमबार १८:२६

दोलखा । दोलखाको सुन्द्रावतीस्थित कटुवाचौरका आगलागी पीडीतलाई १७ लाख राहत रकम संकलन गरी हस्तान्तरण गरिएको छ ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावती वडा कार्यालयमा आज एक कार्यक्रमकाबीच कटुवाचौरका आगलागी पीडीतलाई १७ लाख ४३ हजार ५ सय ९६ रुपैँया राहत रकम हस्तान्तरण गरिएको हो । कालिञ्चोक गाउँपालिका, भीमेश्वर नगरपालिका लगायत स्थानीय तहका स्थानीयबाट संकलन गरिएको रकम आज पीडीतलाई हस्तान्तरण गरिएको हो । नेपाल रेडक्रस सोसाईटी सुन्द्रावती उपशाखा मार्फत संकलन भएको १० लाख ७३ हजार ९ सय ४० रुपैँया र कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावती मार्फत संकलन भएको ६ लाख ६९ हजार ६ सय ५६ रुपैँया पीडीत परिवारलाई हस्तान्तरण गरिएको छ । कटुवाचौर बजारमा गत माघ १८ गते भएको आगालीबाट ९ वटा घर जलेर पुर्ण रुपमा नष्ट भएका थिए ।

आगलागीबाट घर र पसल पुर्ण रुपमा जलेर क्षति व्यहोरेका स्थानीय राम बहादुर थामी, नवराज सेढाई, चित्र प्रसाद सेढाई र दुर्गा दहाललाई प्रतिपरिवार १ लाख ९० हजार ९ सय ४९ रुपैँया हस्तान्तरण गरिएको छ । यस्तै आगलागीबाट घर पुर्ण रुपमा जलेर नष्ट भएका स्थानीय गोपिलाल थामी, रुद्र बहादुर ओली, अमृता खड्का ओली, शंकर कुमार ओली र सन्तोष सेढाईले प्रतिपरिवार एक लाख १५ हजार ५ सय २४ रुपैँयाका दरले राहत रकम पाएका छन् । नेपाल रेडक्रस सोसाईटी सुन्द्रावती उपशाखाका अनुसार आगलागीबाट पसल पुर्ण रुपले जलेर क्षति व्यहोरेका स्थानीय ओम बहादुर थामी, देवि प्रसाद ओली, कमला खाती, लक्ष्मी विक र नारायण गिरीलाई प्रतिव्यक्ति ७५ हजार ४ सय २५ रुपैँया तथा पसलमा आंशिक क्षति व्यहोरेका सुरज ओलीलाई २० हजार ५१ रुपैँया र चित्र बहादुर दर्जीलाई ५ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको छ ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावती वडा कार्यालयमा आज एक कार्यक्रमकाबीच कटुवाचौरका आगलागी पीडीतलाई १७ लाख ४३ हजार ५ सय ९६ रुपैँया राहत रकम हस्तान्तरण गरिएको हो ।  नेपाल रेडक्रस सोसाईटी सुन्द्रावती उपशाखा मार्फत संकलन भएको १० लाख ७३ हजार ९ सय ४० रुपैँया र कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावती मार्फत संकलन भएको ६ लाख ६९ हजार ६ सय ५६ रुपैँया पीडीत परिवारलाई हस्तान्तरण गरिएको छ । कटुवाचौर बजारमा गत माघ १८ गते भएको आगालीबाट ९ वटा घर जलेर पुर्ण रुपमा नष्ट भएका थिए ।

आगलागी पीडीतहरुलाई वडा नम्बर ९ को वडा कार्यालयमा एक कार्यक्रमकाबीच वडाध्यक्ष रामप्रसाद मैनाली, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाका अध्यक्ष ईश्वरीप्रसाद दहाल र नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौंलागाईले राहत रकम हस्तान्तरण गर्नुभएको हो । गत माघ १८ गते रातिको समयमा स्थानीय रामबहादुर थामीको घरबाट एक्कासि सल्कीएको आगोले ९ वटा घर जलेर पुर्ण रुपमा नष्ट भएका थिए । आगलागीबाट करिव ६ करोड बढीको क्षति भएको थियो ।

यसैबीच, कालिञ्चोक गाउँपालिकाले पनि आगलागी पीडीतहरुलाई प्रतिघरपरिवार ५० हजारका दरले र पशुचौपायामा क्षति व्यहोरेकाहरुलाई प्रति पशुचौपाया ५ हजारका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरिसकेको छ । तर सो राहत अहिलेसम्म आफुहरुले नबुझेको आगलागी पीडीतहरुले बताएका छन् । गाउँपालिकाले थोरै रकम उपलब्ध गराएको उनीहरुको गुनासो छ । बागमती प्रदेश सरकारबाट पनि हालसम्म आफुहरुलाई आश्वासन मात्रै आएको स्थानीय आगलागी पीडीत शंकर कुमार ओलीले बताउनुभयो ।