images
images

वैदेशिक ठगी मुद्धामा सिन्धुपाल्चोकका एक पुरुष पक्राउ

  • ६ जेष्ठ २०८०, शनिबार ०९:१६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका एक पुरुष वैदेशिक ठगी मुद्धामा पक्राउ परेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा १२ का ५४ वर्षीय इन्द्र बहादुर विक वैदेशिक ठगी मुद्धामा पक्राउ गरेका हुन् । उनलाई प्रहरीले सोही स्थानको वडा नम्बर ६ बाट पक्राउ गरेको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता डिएसपी चन्द्र भुषण यादवले जानकारी दिनुभयो । उहाँका अनुसार २ वर्ष ८ महिना ८ दिनको सजाय भई कारागार चलान गरिने भएको छ ।