images
images

प्रेस सेन्टर नेपालका उपाध्यक्ष खड्का जनपक्षीय पत्रकारिता पुरस्कारबाट सम्मानित

  • ६ जेष्ठ २०८०, शनिबार १६:३६

दोलखा । प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष एबम् बागमती प्रदेश ईन्चार्ज लक्ष्मण खड्का जनपक्षीय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिले खड्कालाई आज जनपक्षीय पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको हो । प्रदेशको काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्पन्न बार्षिक साधारण सभाको अवसरमा खड्का सम्मानित हुनुभएको हो । प्रदेश समितिले पहिलो पटक स्थापना गरेको सो पुरस्कार २५ हजार रासिको रहेको छ । खड्का हाम्रो रेडियो १ सय ३ थोप्लो ४ मेघाहर्ज दोलखाका सञ्चालक समितिका सचिव, जिरी एफएम र हाम्रो अपडेट अनलाईनका अध्यक्ष हुनुहुन्छ ।